यस रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको आयोजनामा मिति २०८० साल पौष २५ गते बुधबारका दिन जहदा गा.पा. ५ स्थित श्री दुर्गा माध्यमिक विधालयमा आँखा सम्बन्धि जांच गरिने भएकोले उक्त दिन नि:शुल्क आँखा जांच गराउनु हुन् अनुरोध गर्दछौ | आँखा जांचको क्रममा भेटिएका मोतिबिन्दुका बिरामीहरुलाई रामलालजी धापीदेवी गोल्छा च्यारिटी ट्रस्टको आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा नि:शुल्क अप्रेशन गरिने व्यवस्था रहेकोले मौकाको फाइदा उठाउनु हुन् आँखाका विरामीहरुलाई अनुरोश गरिन्छ | विरामी दर्ता बिहान ९:३० बजे देखि दिउसो २:३० सम्म हुन्छ |