बराहक्षेत्रमा मोतियाबिन्दु शल्यक्रिया सेवा औपचारिक रूपमा प्रारम्भ

रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशन, विराटनगरद्वारा सञ्चालित बराहक्षेत्रस्थित आँखाको हेरचाह केन्द्रमा मिति २०८२ साल जेठ २२ गतेदेखि मोतियाबिन्दुको शल्यक्रिया सेवा औपचारिक रूपमा प्रारम्भ गरिएको छ।

शल्यक्रिया सेवाको प्रारम्भिक दिनमै ५५ जना बिरामीहरूमा सफलतापूर्वक मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम वरिष्ठ नेत्र विशेषज्ञ तथा बाल तथा भेंगापन विभाग प्रमुख डा. ईशा श्रेष्ठको नेतृत्वमा, रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशनको अनुभवी तथा समर्पित चिकित्सा टोलीद्वारा सम्पन्न गरिएको हो।

हाम्रो उद्देश्य ग्रामीण तथा अञ्चल क्षेत्रका नागरिकहरूलाई सुलभ, गुणस्तरीय र पहुँचयोग्य आँखासम्बन्धी सेवा उपलब्ध गराउनु हो।
त्यसैअनुसार, अबदेखि बराहक्षेत्रस्थित आँखाको हेरचाह केन्द्रमा महिनामा एकपटक नियमित रूपमा मोतियाबिन्दु शल्यक्रिया सेवा सञ्चालन गरिनेछ

हामी सेवाग्राही, समुदाय र सरोकारवालाहरुलाई आगामी शल्यक्रिया तालिका, जाँच तथा सेवा सम्बन्धी जानकारीका लागि अस्पतालको आधिकारिक सम्पर्क माध्यम प्रयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशन
गोष्वारा रोड, विराटनगर-७
📞 ०२१-५१३७०६ | ✉ info@rlgeh.org | 🌐 www.rlgeh.org