इटहरी सामुदायिक आखाँ उपचार केन्द्रमा शल्यक्रिया सुरु

यस रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, बिराटनगरले इटहरी-६ स्थित सामुदायिक आँखा केन्द्रमा मासिक दुई पटक मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ | रेडक्रस भवन, टेंग्राखोला नजिक, यो केन्द्रले पहिलो चरणमा १८ जना बिरामीको सफल शल्यक्रिया गर्दै उनीहरूको दृष्टि पुनर्स्थापना गरेको छ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. ईशा श्रेष्ठ र उनको कुशल टोलीको नेतृत्वमा यो निःशुल्क आँखा शिविर सम्पन्न भएको हो, जसलाई रोटरी क्लब अफ इटहरीको सहकार्य तथा Cure Blindness Project को आर्थिक सहयोग गरेको छ । २०० भन्दा बढी बिरामीको आँखा परीक्षण गरिएको यस शिविरले विशेषगरी आर्थिक अभावमा रहेका र दैनिक कार्य गर्न असमर्थ बिरामीहरूलाई प्राथमिकता दिएको छ।
हामीले यस अभियानलाई मासिक दुई पटक निरन्तरता दिने प्रतिबद्धता गरेका छौँ, ताकि अझ धेरै व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियोस्।
#ramlalgolchha #RLGEHF #tilganga #cataractsurgery #eyehospital #communityeyecarecenter #cecitahari#eyecare #rotaryclubitahari #CureBlindness #CommunityCare #nepal